केचप र फलफूलको जाम बनाउने मेसिन ताजा टमाटर र फलफूललाई प्रशोधन गरेर केचप र जाम बनाउन प्रयोग गरिन्छ। यी मेसिनले मुख्यतः फलको गुदी निकालेर पकाउँछन् । केचप र जाममा प्रयोग हुने सामग्री र बनाउने तरिका केहि फरक हुन्छन् तर दुवै बनाउन गुदी निकाल्ने र पकाउने प्रक्रिया एकै हुन्छन्। त्यसकारण केचप बनाउन प्रयोग हुने पल्पर र एजिटेटरसहितको केटलबाट फलफूलको जाम पनि बनाउन सकिन्छ।
परम्परागत रूपमा केचप र जाम खुला भाँडामा हातले चलाउँदै पकाइने गरिन्थ्यो। यसरी पकाउँदा सबैतिर एकनासले ताप पुग्दैनथ्यो र केहि धेर पाक्ने र केहि कम पाक्ने समस्या देखा पर्थ्यो। आधुनिक इलेक्ट्रिक ज्याकेटेड केटलमा पानी वा तेल रहने बाहिरी तहबाट नियन्त्रित र समान ताप दिइन्छ। यसमा जडित एजिटेटरले मिश्रण आफैँ चलाउँछ। यसरी बनेको केचप वा जामको बनावट र स्वाद एकनासको हुन्छ। यसले उत्पादनको गुणस्तर पनि बढाउँछ।
नेपालमा खेती गरिने क्षेत्रफल र उत्पादनका हिसाबले टमाटर खेति तेस्रो स्थानमा पर्छ। उत्पादकत्वका हिसाबले भने यो पहिलो स्थानमा पर्छ। त्यस्तै, गर्मी याममा आँप, केरा र पहाडमा फल्ने अमिला जातका फलफूल प्रशस्त पाइन्छन्। यसै कारण नेपालका केचप र जाम उद्योगलाई स्थानीय स्तरमै भरपर्दो रूपमा कच्चा पदार्थ जुटाउन केहि सजिलो हुन्छ। दुवै उत्पादन नियन्त्रित वातावारणमा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ। येसरी छिटै कुहिने वा निकै सस्तो मूल्यमा बिक्ने फललाई प्रसोधन गरेर आकर्षक आय आर्जन गर्न सकिन्छ।
केचप र जाम बनाउने व्यवसाय आफ्नो आवश्यकताअनुसार सानो वा ठूलो स्तरमा सञ्चालन गर्न सकिन्छ। नयाँ उद्यमीले थोरै ठाउँ, सीप र जनशक्तिबाट सानो स्तरमा सुरु गर्न सक्छन्। स्थापित व्यवसायले बढी क्षमताका स्वचालित मेसिन प्रयोग गरेर उत्पादन बढाउन सक्छन्। यस लेखमा केचप र जाम बनाउने प्रक्रिया र यसका लागि उपलब्ध मेसिनबारे विस्तृत जानकारी दिइएको छ।
खण्ड लिङ्कहरू
उत्पादन प्रक्रिया
टमाटर केचप बनाउने प्रक्रिया:
- छनोट र धुने: पाकेका ताजा टमाटर छानेर धोइन्छ।
- पिस्ने र गुदी निकाल्ने: धोएका टमाटरlai टमाटर पल्पर मेसिनको सहायतालेपिसेर गुदी निकालिन्छ।
- पकाउने र बाक्लो बनाउने: एजिटेटरसहितको ज्याकेटेड केटलमा चिनी, नुन, भिनेगर र मसला जस्ता सामग्री मिसाi गुदीलाई पकाइन्छ।
- selaune र गुणस्तर जाँच्ने: पाकेको केचप सेलाइन्छ, अम्लीयपन, स्वाद र हानिकारक सूक्ष्मजीवको जाँच गरिन्छ।
- भर्ने र सिल गर्ने: तयार केचपलाई जीवाणुरहित बनाइएका बोतल वा पाउचमा भरिन्छ र सिल गरेर बिक्रीका लागि पठाइन्छ।
फलफूलको जाम बनाउने प्रक्रिया
- फलफूलको जाँच र धुने: रङ, पाकेको अवस्था, गन्ध र गुणस्तर हेरेर पाकेका र रोग नलागेका फलफूल छानिन्छ र क्लोरिन मिसाइएको पानीले धोइन्छ।
- गुदी निकाल्ने र बियाँ छुट्याउने: पल्पर मेसिन प्रयोग गरी फलफूलको बियाँ, बीचको कडा भाग र रेशा छुट्याइन्छ।
- चिनी र पेक्टिन मिसाउने: निकालिएको गुदीमा चिनी, पानी र पेक्टिन जस्ता सामग्री मिसाइन्छ।
- उमाल्ने र बाक्लो बनाउने: मिश्रण उमाल्दै आफैँ चलाउने कामका लागि एजिटेटरसहितको ज्याकेटेड केटल प्रयोग गरिन्छ।
- सिट्रिक एसिड मिसाउने: अम्लीयपन मिलाउन र जाम जम्न मद्दत गर्न सिट्रिक एसिड मिसाइन्छ।
- तातो जाम भर्ने र जीवाणुरहित बनाउने: जाम जीवाणुरहित बनाइएका बोतलमा भरिन्छ र बिर्को लगाएर बिक्रीका लागि पठाइन्छ।
नेपालमा उपलब्ध मेसिनहरू
टमाटर पल्पर मेसिन

टमाटर पल्पर मेसिन केचप र जाम उत्पादनको पहिलो चरणमा प्रयोग हुन्छ। यसले एकै पटकमा निरन्तर रूपमा टमाटर वा फलफूलको गुदीलाई बियाँ र बोक्राबाट छुट्याउँछ। यो साना तथा मझौला प्रशोधन व्यवसायका लागि उपयुक्त हुन्छ।
| मोडेल | मोटर | मूल्य (रु.) |
|---|---|---|
| १६ इन्च पल्पर | १ HP | रु. ४९,००० |
| २० इन्च पल्पर | १.५ HP | रु. ५९,००० |
एजिटेटरसहितको ज्याकेटेड केटल

एजिटेटरसहितको ज्याकेटेड केटल केचप र जाम पकाउने मुख्य मेसिन हो। यो धेरै तह भएको भाँडो हो। यसभित्र मिश्रण चलाउने पाता जडान गरिएको हुन्छ। यसले गुदी र मसलाको मिश्रणलाई निरन्तर चलाउँदै आफैँ उमाल्छ। सबैतिर समान ताप पुग्ने भएकाले उत्पादनको गुणस्तर राम्रो हुन्छ।
| मोडेल | प्रकार | तताउने पावर | मोटर पावर | मूल्य (रु.) |
|---|---|---|---|---|
| १०० लिटर केटल | बिजुलीबाट तताउने | १८ kW (२ × ९ kW) | १.१ kW | रु. ३,२०,००० |
| १०० लिटर केटल | इन्सुलेसनसहितको ग्यास मोडेल | – | – | रु. ३,३०,००० |
| २०० लिटर केटल | बिजुलीबाट तताउने | १८ kW (२ × ९ kW) | १.१ kW | रु. ३,८०,००० |
| २०० लिटर केटल | इन्सुलेसनसहितको ग्यास मोडेल | – | – | रु. ३,८०,००० |
| ३०० लिटर केटल | बिजुलीको सहायताले तताउने | २४ kW (२ × १२ kW) | १.५ kW | रु. ४,४०,००० |
| ३०० लिटर केटल | इन्सुलेसनसहितको ग्यास मोडेल | – | – | रु. ४,४०,००० |
तुलनात्मक तालिका
| मेसिन | मोडेल | प्रकार / मोटर | क्षमता | मूल्य (रु.) |
|---|---|---|---|---|
| टमाटर पल्पर मेसिन | १६ इन्च | १ HP मोटर | – | रु. ४९,००० |
| टमाटर पल्पर मेसिन | २० इन्च | १.५ HP मोटर | – | रु. ५९,००० |
| एजिटेटरसहितको ज्याकेटेड केटल | १०० लिटर | इलेक्ट्रिक, १.१ kW मोटर | १०० लिटर | रु. ३,२०,००० |
| एजिटेटरसहितको ज्याकेटेड केटल | १०० लिटर | इन्सुलेसनसहितको ग्यास मोडेल | १०० लिटर | रु. ३,३०,००० |
| एजिटेटरसहितको ज्याकेटेड केटल | २०० लिटर | इलेक्ट्रिक, १.१ kW मोटर | १७० लिटर प्रयोग गर्न मिल्ने क्षमता | रु. ३,८०,००० |
| एजिटेटरसहितको ज्याकेटेड केटल | २०० लिटर | इन्सुलेसनसहितको ग्यास मोडेल | १७० लिटर प्रयोग गर्न मिल्ने क्षमता | रु. ३,८०,००० |
| एजिटेटरसहितको ज्याकेटेड केटल | ३०० लिटर | इलेक्ट्रिक, १.५ kW मोटर | २५० लिटर प्रयोग गर्न मिल्ने क्षमता | रु. ४,४०,००० |
| एजिटेटरसहितको ज्याकेटेड केटल | ३०० लिटर | इन्सुलेसनसहितको ग्यास मोडेल | २५० लिटर प्रयोग गर्न मिल्ने क्षमता | रु. ४,४०,००० |
बारम्बार सोधिने प्रश्नहरू
१. केचप र जाम बनाउन ज्याकेटेड केटलको काम के हो?
एजिटेटरसहितको ज्याकेटेड केटलमा टमाटर वा फलफूलको गुदीलाई चिनी, नुन र अन्य सामग्रीसँग मिसाएर पकाइन्छ। केचप वा जामका लागि चाहिने बाक्लोपन नआएसम्म मिश्रण निरन्तर चलाउँदै पकाइन्छ।
२. खुला आगोमा पकाउनुभन्दा इलेक्ट्रिक ज्याकेटेड केटल राम्रो हुन्छ?
ज्याकेटेड केटलमा सिधै आगोको सट्टा बाहिरी तहबाट समान ताप पुग्छ। यसले मिश्रण डढ्नबाट जोगाउँछ। मिश्रण आफैँ चल्ने भएकाले पकाउने समय र इन्धनको खपत पनि घट्छ।
३. केचप वा जाम व्यवसाय सुरु गर्न कति लगानी चाहिन्छ?
सानो स्तरमा व्यवसाय सुरु गर्न टमाटर पल्पर मेसिन र १०० लिटरको ज्याकेटेड केटलसहितको उपकरणमा करिब रु. ३,७०,००० बाट लगानी सुरु हुन्छ। धेरै उत्पादनका लागि ३०० लिटरका ठूला केटल उपयुक्त हुन्छन्।
४. केचप र जाम बनाउन कुन कच्चा पदार्थ चाहिन्छ?
केचप बनाउन मुख्यतः टमाटर, चिनी, नुन, भिनेगर र मसला चाहिन्छ। जाम बनाउन फलफूल, चिनी, पेक्टिन र सिट्रिक एसिड चाहिन्छ। टमाटर र फलफूल नेपालमै उत्पादन हुन्छन्। अन्य सामग्री पनि स्थानीय बजारमा पाइन्छन्।
५. इलेक्ट्रिक वा ग्यास केटलमध्ये कुन छान्ने?
भरपर्दो बिजुली आपूर्ति हुने ठाउँमा इलेक्ट्रिक मोडेल उपयुक्त हुन्छ। यसमा ताप अझ राम्रोसँग नियन्त्रण गर्न सकिन्छ। बिजुली कम उपलब्ध हुने ठाउँमा इन्सुलेसनसहितको ग्यास मोडेल उपयोगी हुन्छ। स्थानीय रूपमा ग्यास सस्तो पर्ने ठाउँमा पनि यो मोडेल रोज्न सकिन्छ।
६. नेपालमा केचप र जाम बनाउने सानो व्यवसाय राम्रो विकल्प हो?
हो, दुवै उत्पादनमा स्थानीय स्तरमा उब्जिएका कच्चा पदार्थ प्रयोग हुन्छन्। यी उत्पादन ६ महिनासम्म भण्डारण गर्न सकिन्छ। यो व्यवसाय सानो वा ठूलो स्तरमा सुरु गर्न सकिन्छ। घरायसी उपभोक्ता र होटल तथा रेस्टुरेन्टबाट आउने नियमित माग पूरा गर्न सकिन्छ।
७. यी मेसिन चलाउन कति ठाउँ र जनशक्ति चाहिन्छ?
पल्पर र १००–२०० लिटरको केटल भएको सानो उद्योग सामान्य प्रशोधन कोठामा २–३ जना कामदारले चलाउन सक्छन्। ३०० लिटरको ठूलो केटलसहितको उद्योगका लागि बढी ठाउँ चाहिन्छ। धुने, भर्ने र प्याकिङ गर्ने कामका लागि थप कर्मचारी पनि चाहिन्छन्।